जोडिनुहोस
  • होमपेज
  • आज काठमाडौंका ९० स्थानमा चेकिङ, ९०० ट्राफिक परिचालन

आज काठमाडौंका ९० स्थानमा चेकिङ, ९०० ट्राफिक परिचालन

काठमाडौं । रंगहरुको पर्व (होली) लाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले आज आइतबार राजधानीका ९० स्थानमा सवारी जाँच गर्दैछ ।

जसका लागि ९०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । उपत्यकाका तीनवटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ ।

दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक र गल्लीमासमेत प्रहरीको बाक्लो परिचालन गर्न लागिएको हो ।

होलीमा अनावश्यक हर्न बजाउने, नियमविपरीत सवारीसाधन चलाउने, हेलमेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने एसएसपी श्रेष्ठले बताए ।

यस्तै, ३० वटा मोबाइल भ्यान परिचालन गर्ने र आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राख्ने प्रहरीको तयारी छ । मादकपदार्थ र लागूपदार्थ सेवन गरेर सवारी चलाउनेलाई विशेष निगरानी गर्ने तयारी छ । यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिएमा पनि उजुरी गर्न प्रहरीले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका