Wed Aug 17 2022
Breaking News

प्रचण्डलाई घनश्यामको जवाफ-एमालेमा तपाईँले रोपेको बीऊ अब उम्रिँदैन

नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने अभिव्यक्ति दिएपछि भुसालले पनि जवाफ फर्काएका हुन् ।

‘आज कमरेड प्रचण्ड कहीँ भन्नुभएछ, हामीले एमालेमा बीऊ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर। उहाँले जे भन्नुभएको छ यसलाई सम्मान नै गर्नुपर्दछ’, बुधबार कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा बोल्दै नेता भुसालले भने, ‘तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन। अब माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रिँदैन। अब हाइब्रिड बीउ चाहिन्छ । अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’

भुसालले फेरि पनि नेकपा एकता गर्ने प्रण समेत गरे ।