जोडिनुहोस
  • होमपेज
  • जसपाका दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त

जसपाका दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त

जनता समाजवादी पार्टी नेपालले सत्तारूढ गठबन्धनमा तीन मन्त्री पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः आज गरेको मन्त्रिपरिषद् विस्तार पछि जसपाले तीन मन्त्री पाएको हो । जसअनुसार जसपाबाट सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन । प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेकाले आजै शपथ गराउने भएका छन । नवनियुक्त राज्यमन्त्री कार्कीको शपथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा हुँदैछ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा पार्टी अध्यक्ष उपेन्द्र यादव र बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नवलकिशोर साह सुढीले पाएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका