जोडिनुहोस
  • होमपेज
  • नेपाल सम्वत्को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण

नेपाल सम्वत्को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण

राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इन्जिनियर अरुण थापाले उक्त सफ्टवेयर र एप हस्तान्तरण गरे । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वत्को गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे।

सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल सम्वत्, विक्रम सम्वत् र इस्वी सम्वत् प्रयोग गर्न सकिने छ । यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए ।

उनले यो सफ्टवेयरबाट नेपाल सम्वत्सँगै विक्रम सम्वत् र इस्वी सम्वत्को सयौँ वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवम् तिथि हेर्न सकिने बताए । वर्तमान सकारले नेपाल सम्वत्लाई अनिवार्यरूपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागू गरिसकेको अवस्थामा भइसकेको अवस्थामा उक्त एप तथा सफ्टवेयरले कामकाजमा सहयोग हुने विश्वास लिइएको छ ।

सो अवसरमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अधिकारकर्मी मल्ल के सुन्दरलगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका