जोडिनुहोस
  • होमपेज
  • भारतको मुम्बई सबैभन्दा बढी अरबपति बस्ने विश्वको तेस्रो शहर

भारतको मुम्बई सबैभन्दा बढी अरबपति बस्ने विश्वको तेस्रो शहर

काठमाडौँ । भारतको मुम्बई शहर अब अरबपतिहरूको हिसाबले विश्वको तेस्रो स्थानमा उक्लिएको छ । अरबपतिको हिसाबले न्यूयोर्क पहिलो स्थानमा छ । यहाँ सबैभन्दा बढी ११९ अरबपतिहरू बस्छन् । त्यसपछि लन्डन आउँछ, जहाँ ९७ अर्बपति छन् । यो सूचीमा अब मुम्बई तेस्रो स्थानमा उक्लिएको छ ।

हुरुन ग्लोबल रिच लिष्ट २०२४ को रिपोर्टका अनुसार मुम्बईमा २६ नयाँ अरबपतिहरू थपिएसँगै ९२ अरबपति बस्ने गर्दछन् । मुम्बईले चीनको बेइजिङलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो । यस अघि १०९ अरबपति रहेको बेइजिङमा १८ अरबपति घटेर ९१ रहेको रिपोर्टमा उल्लेख छ । त्यस्तै चीनको शंघाईमा ८७, शेनजेनमा ८४, हङकङमा ६५, मस्कोमा ५९, भारतको नयाँ दिल्लीमा ५७ अरबपति रहेको रिपोर्टमा उल्लेख छ ।

ग्लोबल रिच लिस्टका अनुसार एलन मस्क शिर्ष स्थानमा छन् भने जेफ बेजोस दोस्रो, बेर्नार्ड अर्नाल्ट तेस्रो, मार्क जुकर्बर्ग चौथो, लारी एलिसन र वारेन बफेट पाँचौं, स्टेभेन बल्लमेर सातौँ, बिल गेट्स आठौँ, लारी पेज नवौं र मुकेश अम्बानी १०औ स्थानमा रहेका छन् । त्यसैगरी भारतका गौतम अडानी यस सूचीमा १५औं स्थानमा उक्लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?