जोडिनुहोस
  • होमपेज
  • ढोलाहिटी प्रकरणः बदलाको भावले दुई जनाको ज्यान गयो

ढोलाहिटी प्रकरणः बदलाको भावले दुई जनाको ज्यान गयो

काठमाडौं – होलीको दिन राति ललितपुरको ढोलाहिटीमा चक्कु प्रहार गरी दुई व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै सो घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका १८ मध्ये घटनामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो ।

पाँचथरका पुजन राई र काठमाडौंका रेवशको हत्यामा संलग्न रहेको आरोपमा खोटाङका विजय राई र सुलभसहित भोजपुरका विशाल हाङ मुकारुङ राई तथा काठमाडौंका छेङ्वीहाङ राईलाई सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेका चारसहित एक फरार व्यक्तिको नाममा किटानी जाहेरी दिएको छ । विजय र शुलभ भने फुटसल भिजेलस्थित रहेको डी पोपिना रेस्टुराँ मालिक हुन् ।

ग्राहक र होटल डी पोपिना रेस्टुराँका झगाडाले हत्यासम्म घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

एसएसपी खनाल भन्छन्, ‘विजय, सुलभ र विशालको टोली राति मदिरा पिएर रमाइलो गरिरहेका साथीहरूबीच झगडाको अवस्था सिर्जना भएपछि होटल सञ्जालले उनीहरूलाई बाहिर निकालेका रहेछन् । त्यसपछि छेङ्वीहाङले होटल सञ्चालकले हेपेको भन्दै बदला लिन मृतक रेवश राईसहितलाई बोलाएको अनुसन्धानबाट खुलेको छ ।’

छेङ्वीहाङको समूह आएपछि होटल सञ्चालकबीच झडप हुँदा विजय राईले रेवश र पुजनलाई होटलको चक्कुले प्रहार गरेको प्रहरीको भनाइ छ ।

चक्कु प्रहारबाट घाइतेहरुलाई पाटन र सुमेरु अस्पताल लगेपछि मात्रै प्रहरीले घटनाबारे थाहा पाएको हो । उनीहरु दुवैको उपचारका क्रममा मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका