Fri Aug 19 2022
देश

प्रधानसेनापतिद्वारा अमेरिकाको नेशनल डिफेन्स युनिभर्सिटीको अवलोकन

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले वासिङ्टन डिसीस्थित नेशनल डिफेन्स युनिभर्सिटीको अवलोकन गरेका छन् । स्थानीय समयअनुसार उनले बुधबार उक्त युनिभर्सिटीको अवलोकन गरेका हुन् ।

युनिभर्सिटीको भ्रमणको क्रममा प्रधानसेनापति शर्माले नेशनल वार कलेजका कमाण्डाण्ट जेफ हर्लबर्टसँग भेटवार्ता गरेका थिए । वासिङ्टनमा उनले एनडब्लुसी, नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्राटेजिक स्टडीज् लगायतका विभिन्न निकायका पदाधिकारीहरूसँग समेत भेटवार्ता गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले भेटघाटमा त्यहाँको शैक्षिक गतिविधि, तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए ।

भ्रमणकै दौरान प्रधानसेनापति शर्माले युनाइटेड स्टेट आर्मी वार कलेज (एडब्लुसी) र युनाइटेड स्टेट आर्मी हेरिटेज एण्ड एजुकेसन सेन्टरको समेत अवलोकन गरेका थिए ।