Fri Aug 19 2022
देश

भक्तपुरमा ११ लाख रुपैयाँ बराबरको सुनका गहना चोरी

भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिकामा बुधबार राति चोरी भएको छ । नगरपालिकाको वडा नम्बर–३ को गठ्ठाघर डेरा गरी बस्ने पाँचथर थाङवरक गाउँपालिका-४ घर भएका ३५ वर्षीय ज्ञानबहादुर दाहालको कोठाबाट करिब ११ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना बुधबार राति चोरी भएको हो ।

उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडी दराजबाट सुनका विभिन्न गहना चोरी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।