Fri Aug 19 2022
आर्थिक

आयल निगमलाई ८ अर्ब रुपैयाँ दिँदै सरकार

काठमाडौं । सरकारले नेपाल आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने भएको छ । भ्याट र कर गरी ५ अर्ब र राष्ट्रिय वाणिज्य बैंकमार्फत ऋण गरी ८ अर्ब रुपैयाँ निगमले पाउने भएको हो ।

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ मन्त्रालयले निगमलाई ८ अर्ब रुपैयाँ दिन लागेको बताए । उनले भने, ‘५ अर्ब भ्याट र कर फिर्ता र बाँकी ३ अर्ब ऋण लिन मन्त्रालयले स्वाकृति दिएको छ ।

अर्थले घटाएको पूर्वाधार र अन्य कर बराबरको रकम पनि निगमलाई दिने भएको छ । अर्थले कति रकम दिनुपर्ने हो, सोको हिसाब निगमसँग मागेको छ ।