जोडिनुहोस
  • होमपेज
  • होली खेलेर सुनकोशीमा नुहाउने क्रममा बगेका तीनमध्ये दुईजना बालबालिका मृत भेटिए

होली खेलेर सुनकोशीमा नुहाउने क्रममा बगेका तीनमध्ये दुईजना बालबालिका मृत भेटिए

होली खेलेर सुनकोशीमा नुहाउने क्रममा बगेका उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका तीनजना बालबालिकामध्ये दुईजना मृत भेटिएका छन् । साउनेको धाप्लाङदेखि छ किलोमिटर तल सूर्यढुंगामा आज बिहान १२ वर्षीया रेखा मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिहान माछा मार्न गएका स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हिजो आठ वर्षका रिदम मगरको शव घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङमा फेला परेको थियो । १४ वर्षीय लोकबहादुर मगर अझै बेपत्ता छन् । तीन दिनअघि होली खेलेर सुनकोशीमा नुहाउन जाँदा उनीहरु बगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका