जोडिनुहोस
  • होमपेज
  • मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझी टिचिङ अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझी टिचिङ अस्पताल भर्ना

काठमाडौं। स्वास्थ्यमा समस्या देखिएपछि कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अस्पताल भर्ना गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेको आरोपमा अनुसन्धानमा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई बुधवार बिहान उपचारका लागि सुन्धरा कारागार देखि महाराजगन्ज स्थित टिचिङ अस्पतालमामा लगिएको हो । अहिले उनको उपचार टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ ।

टिचिङ अस्पताल कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टका विभागीय प्रमुख डा।चन्द्रमणि पौडेलका अनुसार रायमाझीको मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको हो । विभागीय प्रमुख पौडेलले भने, “ उहाँको स्वास्थ्यमा समस्या देखिएपछि बिहान उपचारको लागि यहाँ ल्याइएको हो । उपचार भइरहेको छ । उनले भने, कसैको पनि मुटुको चाल कम भएपछि बिरामीलाई बेहोस हुने र शरीर नचल्ने समस्या देखिन्छ, अहिले रायमाझीको हकमा पनि त्यही भएको हो । ”

बुधवार बिहान देखि इमरजेन्सी शाखामा राखेर उपचार गरिएकोमा अहिले उनलाई अपचारको थप आवश्यक परेपछि उक्त शाखाको ४७८ बेडमा भर्ना गरिएको छ ।

विगत छ महिना देखि सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार गराइरहेका रायमाझी तीन महिना यता नियमित फलोअपमा थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका