जोडिनुहोस
  • होमपेज
  • नेपाल ए र आयरल्यान्ड ए बीचको खेलको तालिका परिवर्तन, भोलिदेखि टी–२० शृङ्खला शुरु

नेपाल ए र आयरल्यान्ड ए बीचको खेलको तालिका परिवर्तन, भोलिदेखि टी–२० शृङ्खला शुरु

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले नेपालको ए टोली र आयरल्यान्डको ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको तालिका परिवर्तन गरेको छ ।

आजदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेल वर्षाका कारण मैदान भिजेका कारण टस पनि हुन नपाई रद्द भएपछि क्यानले तालिका नै परिवर्तन गरेको हो । अब तीन खेलको टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेल भोलि हुनेछ । यस्तै दोस्रो खेल पर्सि शनिवार र तेस्रो खेल आउँदो सोमवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमै हुनेछ ।

यसैगरी नेपालको ए टोली र आयरल्यान्डको ए टोलीबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आउँदो बुधवारदेखि शुरु हुनेछ । आयरल्यान्ड ए टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ ।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका