Wed Aug 17 2022
देश

बारामा चट्याङ लागेर युवकको मृत्यु

बारामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सुवर्ण गाउँपालिका ७ सन्फुलवाका अन्दाजी २१ वर्षीय धीरजकुमार यादवको शुक्रबार दिउसो १ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेश थापाले बताए । मृतकका परिवारलाई सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले ५० हजार सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।