Fri Aug 19 2022
मुख्य खबर

बागमती प्रदेशः सत्ता हस्तान्तरणमा लफडा, मुख्यमन्त्रीले तत्काल सरकार नछाड्ने

अमृत ढकाल- बागमी प्रदेशमा सत्ता हस्तान्तरणको विषय पेचिलो बनेको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डे तत्काल सरकार छोड्ने मनसायमा नदेखिए पछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उनलाई सत्ता हस्तान्तरण गर्न दबाद दिएका छन् ।

भद्र सहमती अनुसार एकीकृत समाजवादीले सत्ता हस्तान्तरण नगरेकोे भन्दै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री राजेन्द्र पाण्डे विरुद्ध सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।

सत्तासारथी दलले मुख्यमन्त्रीका विरुद्ध सत्ता हस्तान्तरण गरेको विषयमा भने आफूहरु अनभिज्ञ रहेको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

कांग्रेस र माओवादी केन्द्रका सांसदको हस्ताक्षरले सरकारलाई केही असर गर्ने नसक्ने बुुझेका मुख्यमन्त्री पाण्डे बाँकी समय पनि आफैले नेतृत्व गर्ने रणनीतिमा तय गरेका छन् ।

प्रदेश सरकार पाँच दलिय सत्तागठबन्धनको सहमती र निदर्शनमा बनेको भन्दै शीर्ष नेताहरुको सहमतिमा मात्रै सत्ताहस्तान्त्रण गर्ने एकीकृत समाजवादीले बताएको छ ।

कांग्रेसले भद्र सहमती अनुसार मुख्यमन्त्री पाउनुपर्ने माग गरेपनि मुख्यमन्त्री पाण्डेले सत्ता छोड्न नमान्दा त्यसले गठबन्धन भित्र विवाद सिर्जना गरेको छ ।

केन्दमा शिर्ष नेताले सत्तागठबन्धनलाई आगामी प्रदेश र संघीय निर्वाचन सम्म कायम राख्ने सहमती गरेपनि बागमती प्रदेशका कारण गठबन्धनमा तिक्तता आउन सक्ने कांग्रेस नेताहरुको बुझाई छ ।

एमाले सांसद अष्टराज्य लक्ष्मी शाख्य नेतृत्वको सरकार ढाल्दै गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र, र जसपाको समर्थमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए ।

उनलाई नेकपा एकिकृत समाजवादीको १३, माओवादी केन्द्रका २३, कांग्रेस २२ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको छ ।