जोडिनुहोस
  • होमपेज
  • त्रिशुली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु

त्रिशुली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु

चितवन। त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खसेको छ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन्।

मृतकहरू गोरखा नगरपालिका ७ का रहको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका