जोडिनुहोस
  • होमपेज
  • गण्डक नहरमा भेटिएको डल्फिन नारायणी नदीमा छोडियो

गण्डक नहरमा भेटिएको डल्फिन नारायणी नदीमा छोडियो

पश्चिम नवलपरासीको प्रतापपुर–७ सूर्यपुरामा रहेको गण्डक नहरमा डल्फिन भेटिएको छ । हिजो दिउँसो भेटिएको डल्फिनलाई स्थानीय, वन रक्षक र प्रहरीको सहयोगमा उद्धार गरी पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको नारायणी नदीमा छाडिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख रविन्द्रनाथ चौधरीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार डल्फिन अनुमानित ७०र७५ किलो र लम्बाई ६ फिटभन्दा बढी रहेको छ । डल्फिन गण्डक बाँधबाट भारतीय नहर हुँदै सूर्यपुरा विद्युत् गृहको बाँधसम्म आएको निमित्त प्रमुख चौधरीले बताउनुभयो ।

पछिल्लो समय नारायणी नदी आसपासमा डल्फिनको सङख्या बढ्दै गएको छ । तर डल्फिनको संरक्षणमा सरकारले चासो नदिएको संरक्षणकर्मीले बताएका छन् । डल्फिन नेपालमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका