Fri Aug 19 2022
मुख्य खबर

कैलालीमा अझै रोकिएन चोरी तस्करी

 दिनेश बिष्ट,  कैलाली- ३ बर्षअघि कैलाली जिल्लामा सशस्त्र प्रहरीका ३ वटा मात्रै बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएका थिए । सो बेला सादा पोसाकमा प्रहरी र सशस्त्र प्रहरी तस्करी नियन्त्रणका लागि खटिने गरेका थिए ।

सादा पोसाकका प्रहरी तथा सशस्त्र प्रहरीले तस्करहरुबाट मासिक रुपमा रकम लिने आरोप लाग्न थालेपछि सशस्त्र प्रहरी निरिक्षक तथा नायब निरिक्षकको कमाण्डमा बिओपी स्थापना भएका छन ।

जिल्लामा रहेको १ सय १ किलोमिटर खुला सिमाना क्षेत्रमा अहिले १८ वटा सशस्त्र प्रहरीका बिओपी छन् । तर यी बिओपी स्थापनापछि पनि अबैध समान तस्करी नियन्त्रण हुन सकेको छैन । बिओपी स्थापनापछि पनि तस्करी नियन्त्रण नभएको भन्दै स्थानीयले बिओपीको औचित्यमाथि प्रश्न उठाउन थालेका छन् ।

भारतबाट अबैध रुपमा हुने चोरी तस्करीले यहाँको ब्यापार ब्यवसायमा समेत प्रभाव परेको छ । सरकारलाई राजश्व तिरेर व्यवसाय गरिरहेका आफुहरुलाई तस्करीले असर पु¥याएको व्यवसायीहरुको गुनासो छ ।

भारतबाट हुने अबैध तस्करी नरोकिएकै कारण यहाँको ब्यवसायी पलायन हुने सम्भावना बढेको भन्दै चोरी तस्करी नियन्त्रणमा कडाईका साथ लाग्न ब्यवसायीहरुले स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।

यता कैलाली प्रशासनले पनि चोरी तस्करी पुर्ण रुपमा रोक्न नसकिएको स्वीकारेको छ । जनशक्ती अभाव, खुला सिमानाका कारण तस्करी नियन्त्रणमा चुनौती देखिएको जिल्ला प्रशासनले जनाएको छ । यसैबीच तस्करी नियन्त्रणमा थप कडाइका साथ लाग्न प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा क्षेत्रका दुइै वटै शुरक्षा निकायलाई निर्देशन दिने बताए ।

जिल्लामा सबैभन्दा बढी खुला सिमानालाई मुख्य चुनौतीका रुपमा लिइएको छ । तर यी खुला सिमानामा बिओपी स्थापना गरि सकेपछि पनि चोरी तस्करीको दर भने पुरानै अवस्था देखिएको छ ।

बिओपी राख्दा समेत सोही प्रवृति दोहोरिएपछि सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि नै मिलोमतोमा चोरी तस्करी बढेको आरोप लाग्ने गरेको छ ।