अमेरिकाको संघीय जाँचबुझ ब्यूरो एफबीआईले ‘मिसिङ क्रिप्टोक्विन’ को नामबाट चर्चित रुजा इग्नातोभालाई दशजना ‘मोस्ट वान्टेड’ अर्थात अत्यधिक खोजी भइरहेका व्यक्तिको सूचीमा राखेको छ ।
‘वनक्वाइन’ को नामले कुख्यात एउटा क्रिप्टोकरेन्सी ठगी कान्डमा भूमिका रहेको भन्दै ४० वर्षीया बुल्गेरियाली महिला रुजा इग्नातोभाको अमेरिकी प्रहरीले व्यापक खोजी गरेको हो ।
संघीय अनुसन्धानकर्ताहरूले फरार रहेकी इग्नातोभाले पीडितहरूबाट चार अर्ब अमेरिकी डलर भन्दा बढी रकम ठगी गरेको आरोप लगाएका छन । सन २०१७ मा अमेरिकी सरकारले उनलाई पक्राउ पूर्जी जारी गरेदेखि नै उनी बेपत्ता छिन ।
सन २०१४ मा स्वघोषित क्रिप्टोकरेन्सी ‘वनक्वाइन’ले बढी भन्दा बढी ग्राहकलाई करेन्सी बिक्री गर्नेहरूलाई करेन्सी खरिद बापत कमिसन दिने योजना अघि सारेको थियो । तर, एफबीआई एजेन्टहरूले अन्य क्रिप्टोकरेन्सीहरूले जस्तै ब्लकचेन प्रविधि प्रयोग गरी सुरक्षाको उपाय नअपनाएका वनक्वाइन मूल्यहीन भएको बताउँदै आएका छन ।
एफबीआईले इग्नातोभालाई पक्राउ गर्न सूचना दिने व्यक्तिलाई एक लाख डलर पुरस्कार दिने घोषणा समेत गरेको बिबिसीले जनाएको छ ।