जोडिनुहोस
  • होमपेज
  • लिभरकुसेन अपराजित, डोर्टमण्डसँग हार्यो बायर्न म्युनिख

लिभरकुसेन अपराजित, डोर्टमण्डसँग हार्यो बायर्न म्युनिख

काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिख पराजित भएको छ । गएराती सम्पन्न खेलमा बोरुसिया डोर्टमण्डले बायर्न म्युनिखलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

डोर्टमण्डको जितमा क्रिम आडेयमी र जुलियन रियर्सनले एक एक गोल गरेका थिए ।

यो जितपछि डोर्टमण्डको २७ खेलमा ५३ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यसैगरी बायर्न म्युनिखको भने यस सिजनमा यो पाँचौं हार हो । यो हारपछि बायर्नको २७ खेलमा ६० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी गएराती नै सम्पन्न खेलमा बायर लिभरकुसेनले होफेनहेइमलाई २-१ गोल अन्तरले पराजित गरेको छ । लिभरकुसेनको जितमा रोबेर्ट एनड्रीच र पट्रीक स्चिकले एक एक गोल गरेका थिए । त्यसैगरी होफेन हेइमका लागि एक गोल म्याक्सीमिलियन बेइएरले गरेका थिए ।

यो जितपछि लिभरकुसेन यस सिजनको लिगमा अपराजित रहदै शिर्ष स्थानमा कायम रहेको छ । लिभर कुसेनको २७ खेलमा ७३ अंक रहेको छ । त्यसैगरी होफेन हेइमको भने २७ खेलमा ३३ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका