जोडिनुहोस
  • होमपेज
  • कुकुरको मस्तिष्क प्रणाली मानिसको जस्तै, बुझ्दछन् मानिसका शब्द : अध्ययन

कुकुरको मस्तिष्क प्रणाली मानिसको जस्तै, बुझ्दछन् मानिसका शब्द : अध्ययन

काठमाडौं। कुकुरलाई मानिसको सबैभन्दा मिल्ने साथी मानिन्छ । साथी मात्र होइन, सबैभन्दा बुद्धिमान मित्र पनि हो कुकुर ।

अब एउटा नयाँ अध्ययनले कुकुरमा बोलेको शब्दको आधारमा कुनै पनि कुराको नाम राख्ने क्षमता हुने र नाम लिएपछि त्यो कुरा बुझ्न सक्ने बताएको छ, जसरी हामी मानिसमा पनि देखिन्छ । त्यसैले प्रायः जब पाल्तु कुकुरको मालिकले ‘बस्नुहोस्’ भन्छन् भने तिनीहरू बस्न सक्छन्, यदि उसले ‘पक्रन’ भन्यो भने तिनीहरू गएर केहि समात्न सक्छन् ।

अन्वेषकहरूले कुकुरको मस्तिष्कमा एक अध्ययन गरेका छन् । यसमा १८ वटा कुकुरको गतिविधि विश्लेषण गरिएको थियो । त्यसपछि अनुसन्धानले यो पत्ता लगाएको छ कि कुकुरहरूले आफ्नो दिमागमा कुनै वस्तुको मेमोरी स्थापित गर्न सक्छन् । जसको नाम सुनेपछि कुन वस्तुको कुरा भइरहेको छ भन्ने बुझ्छन् ।

यो अध्ययन बुडापेस्टको इओटभोस लोरान्ड विश्वविद्यालयमा गरिएको हो, जुन जर्नल करेन्ट बायोलोजीमा प्रकाशित छ ।

अध्ययनका सह–लेखिका मारियाना बोरोसका अनुसार गैर मानव जनावरहरूले सन्दर्भमा आधारित शब्दहरू बुझ्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा लामो समयदेखि बहस भइरहेको छ । यस मामिलामा व्यवहारको रिपोर्ट पनि आएको छ तर मामलाहरु असाधारण थिए । लेखकहरू भन्छन् कि उनीहरूको अध्ययनले दाबी गर्ने पहिलो हो कि शब्दहरू अनुसार वस्तुहरू पहिचान गर्न कुकुरसँग विस्तृत क्षमता रहेको हुन्छ ।

चाखलाग्दो कुरा के छ भने अध्ययनमा कुकुर मालिकहरूले आफ्ना कुकुरहरूलाई थाहा भएको कुराहरूका लागि शब्दहरू प्रयोग गरेका थिए । कतिपय अवस्थामा नाम लिएका समान वस्तुलाई कुकुरको अगाडि राखिने गरेको छ भने कतिपय अवस्थामा नाम अर्कै र वस्तु अर्कै रहेको कुकुरको अगाडि राखिएको थियो ।

नतिजा यस्तो भयो कि जब शब्दसँग मेल खाने वस्तु अगाडि थियो, उनीहरूको दिमागमा फरक ढाँचा देखियो र जब शब्दसँग मेल नखाने वस्तु अगाडि थियो, मस्तिष्कमा फरक ढाँचा देखियो। मानिसमा पनि त्यस्तै देखिन्छ ।

अनुसन्धानको नतिजा कुकुरहरूले वस्तुहरूको लागि प्रयोग गरिएका शब्दहरू बुझ्छन्। त्यसैले मनमा त्यो शब्दसँग सम्बन्धित वस्तुको छवि बनाउन खोज्छन् । अब अनुसन्धानकर्ताहरूले प्रासंगिक भाषाको बुझाइ कुकुरहरूमा मात्र सीमित छ वा अन्य स्तनधारी प्राणीहरूमा पनि यो क्षमता छ कि छैन भनेर पत्ता लगाउने योजनामा ​​काम गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका