Fri Aug 19 2022
देश

भारतीय दूतावासमा सुरक्षाकर्मीको मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्ट आयो

भारतीय दूतावासभित्र सुरक्षाकर्मीको मृत्यु प्रकरणको पोष्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालले भारतीय सुरक्षाकर्मी राम अधिकारीको मृत्यु गोली लागेर (बुलेट इन्जुरी) भएको रिपोर्ट दिएको हो ।

उनले आफैलाई हानेको गोली चिउँडो भन्दा माथिल्लो भागमा लागेको प्रहरी स्रोतको भनाइ छ ।

भारतको उत्तराखण्ड घर भएका अधिकारीले सोमबार बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेको खुलेको छ । ३२ वर्षीय अधिकारीको शव बिहानै पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको थियो ।