Fri Aug 19 2022
Breaking News

भदौ पहिलो साताभित्र तालमेलसम्बन्धी सबै काम टुंग्याउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । यसका लागि शीर्ष नेताहरूले लिखित सहमति गरेका छन् ।

तालमेलसम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्नेगरी कार्यदल बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्यदल गठनमा सहमति गरे पनि त्यसका रहने व्यक्तिहरू आपसी छलफलपछि टुंगो लगाउने निर्णय गरेको नेकपा एसका सम्मानति नेता झलनाथ खनालले जानकारी दिए ।