Fri Aug 19 2022
देश

फ्राइडे रिलिज : ४ फिल्म हलमा

आज शुक्रबारबाट नेपाली चलचित्र घरमा एक नयाँ सहित दुई फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘म’ र ‘चपली हाइट ३’ । म फ्रेस फिल्म हो भने ‘चपली हाइट ३’ यस अगाडि दुई पटक प्रदर्शनमा आएपनि राम्रो ब्यवसाय गर्न नसकेको फिल्म हो ।

दुई फिल्म मध्य धेरै हल ‘म’ ले पाएको छ । यी दुबै फिल्मको अलवा हलिउड सुपरस्टार ब्रान्ड पिट अभिनीत ‘बुलेट ट्रेन’ र साउथ स्टार रवि तेजाको ‘रामा राव अन ड्यूटी’ पनि प्रदर्शनमा आएको छ ।

‘बुलेट ट्रेन’ :

डेविड लीच निर्देशित ‘बुलेट ट्रेन’ मा पनि ब्रान्ड पिट, जोए किंग, करेन फुकुहारा, आरोन टेलर–जोन्सन लगायतका कलाकारको अभिनय छ । फिल्म जापानी उपन्यासकार कोटारो इसाकाले लेखेको उपन्यास ‘मारिया बीटल’ मा आधारित छ ।

‘रामाराव अन ड्युटी’ :

सरथ मण्डावा निर्देशित भारतमा एक साता अघि रिलिज भएको ‘रामाराव अन ड्युटी’ आजबाट नेपाली फिल्ममा लागेको छ । दक्षिण भारतीय अभिनेता रवि तेजाको यो एक्सन फिल्म हो । फिल्ममा रवि सरकारी अफिसरको भूमिकामा देखिएका छन् । फिल्ममा राजिशा विजयन, दिव्यांशा कौशिकको पनि मुख्य भूमिका छ ।

‘चपली हाइट ३’ :

यस अगाडि दुई पटक प्रदर्शनमा आएका यो फिल्म निर्माताले फेरि रिलिज गरेका हुन् । निकेश खड्का निर्देशित फिल्मका निर्माता अर्जुन कुमार हुन् । फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय छ ।

‘म’ :

कान्तिपुर फिल्म एकेडमीले निर्माण गरेको फिल्म हो । सुवर्ण थापा निर्देशित फिल्मका निर्माता प्रकाश पुरी हुन् । फिल्ममा निशा अधिकारी, सविन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरिता लामिछानेका साथै संजोग रसाइली र पुनम श्रेष्ठको अभिनय रहेको छ । फिल्म सस्पेन्स थ्रीलर बिषयमा निर्माण भएको हो ।