Fri Aug 19 2022
Breaking News

‘फस्ट म्यान’ बनेर देशको विकास गर्ने कांग्रेस नेता प्रकाशमान सिंहको चाहना

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गर्नुभएको छ ।

काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले फस्र्ट म्यान बनेर देशको विकास गर्ने चाहना राख्नुभएको हो ।

उहाँले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताउनु भयो । उहाँले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताउनु भयो ।

नेता सिंहले जनतालाई अधिकार दिलाउने काम नेपाली काँग्रेसले गरेको उल्लेख गर्दै अबका दिनमा प्राप्त अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतीको अभियानमा काँग्रेसले नेतृत्व गर्ने बताउनु भयो ।

नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको बताउनु भयो । उहाँले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाउनु भयो ।