Wed Sep 28 2022
अन्तर्राष्ट्रिय

माल्दिभ्सका राष्ट्रपतिले गरे भारत भ्रमण

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले दुई देशहरू बीचको यस व्यापक साझेदारीमा भएको प्रगतिको समीक्षा गर्न अर्को हप्ता भारत भ्रमण गर्ने तय भएको थियो । आफ्नो भारत भ्रमणका क्रममा सोलिहले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरे र प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता पनि गरेका छन् ।

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले अगस्ट १ देखि ४ सम्म भारतको औपचारिक भ्रमण गरेका हुन। राष्ट्रपति सोलिहसँग उच्चस्तरीय अधिकारी र व्यापार प्रतिनिधिमण्डल पनि रहेको थियो । भ्रमणका क्रममा राष्ट्रपति सोलिहले भारतका राष्ट्रपतिसँग भेटघाट गरेका थिए। प्रधानमन्त्री, विदेशमन्त्रीले राष्ट्रपति सोलिहसँग भेट गरेका थिए ।

भारतका लागि माल्दिभ्स सधैं नजिकको र महत्त्वपूर्ण समुद्री छिमेकी भएको छ। महामारी सम्बन्धी अवरोधका बाबजुद दुई देशबीचको बहुआयामिक सम्बन्ध सुदृढ भएको छ।

भारतको “छिमेकी पहिलो” नीति र माल्दिभ्सको “भारत पहिलो” नीतिले साझा सरोकार र पारस्परिक हितलाई अगाडि बढाउन मिलेर काम गर्छ। भारतीय बिदेश मन्त्रालयका प्रवक्ता अरबिन्द बाग्चीले बताए ।

मार्चमा, राष्ट्रपति सोलिहले पछिल्लो दुई वर्षमा देशको मामिलामा भारतले खेलेको सकारात्मक भूमिकालाई हाइलाइट गरेका थिए ।
एक राष्ट्रिय सम्बोधनमा, सोलिहले आफ्नो देशलाई कोभिड महामारीसँग जुध्न सहयोग गरेकोमा भारत सरकारलाई भ्याक्सिन उपहार दिने लगायतका भूमिकाका लागि धन्यवाद दिएका थिए ।