Sat Oct 1 2022
Breaking News

काठमाडौंमा आज १८ वर्षमुनिकालाई फाइजर खोप दिइँदै

काठमाडौँ । काठमाडौं उपत्यकामा आज १८ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइँदै छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर(२९ का विभिन्न १४ स्थानमा आज ९सोमबार० देखि कोभिडविरुद्धको खोप दिइन लागिएको हो । बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन विभिन्न खोप केन्द्रहरु निर्धारण गरिएको छ ।

१२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज लगाउन लागिएको हो । ती खोप केन्द्रहरुमा साउन ३० गतेसम्म फाइजर खोपको बुस्टर डोज लगाइने जनाइएको छ ।