Sat Oct 1 2022
देश

करेन्ट लागेर एक युवकको मृत्यु

दाङमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । गोरखाको आरुघाट घर भई हाल दाङमा मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्णबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दङ्गीशरणको गाउँपालिकाको बगरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा इलेक्ट्रिक मार्बल चिल्लो बनाउने क्रममा विकलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुल उपचारको मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।