Wed Sep 28 2022
अन्तर्राष्ट्रिय

इजरायल–गाजा युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

संयुक्त राष्ट्रसंघले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्धविरामको स्वागत गरेका छन् । महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका छन् ।

उनले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरूको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गरेका थिए ।

प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलका तर्फबाट हमला भएको थियो । त्यसमा परेर ४३ जनाको ज्यान गएको थियो भने अरु दुई सयभन्दा बढी मारिएका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटर्रेसले हाल इजरायल र गाजाका तर्फबाट भएको युद्ध विरामको स्वागत गर्दै आगामी दिनमा दुवै तर्फलाई शान्तिको माध्यमबाट अघि बढ्ने काममा सहयोग गर्ने बताउनुभएको जानकारी दिए ।

उनले हिंसात्मक हमलाका घटनाहरु नहोउन् भनेर दुवै तर्फबाट संयमता अपनाउन पनि सबैलाई आग्रह गर्नुभएको प्रवक्ता डुजारिकको विज्ञप्तिमा जनाइएको छ ।