Mon Sep 26 2022
आर्थिक

एक वर्षमा ८ करोड ७८ लाख बराबरको हुक्का फ्लेवर नेपालमा भित्रियो

गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपालमा ८ करोड ७८ लाख रुपैयाँ बराबरको हुक्का फ्लेवर भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष उक्त मूल्यको हुक्का फ्लेवर भित्रिएको हो ।

विभागका अनुसार १ लाख २३२ किलो हुक्काको फ्लेवर भित्रिएको छ । यसबापत आयातकर्ताले १९ करोड ४२ हजार रुपैयाँ भन्सार राजश्व तिरेका छन् । नेपालमा विश्वका ६ वटा देशबाट हुक्का भित्रिने गरेको छ ।

तीमध्ये, भारतबाट सबैभन्दा धेरै ७ करोड ९३ लाख रुपैयाँ बराबरको हुक्का फ्लेवर आयात भएको छ । यस्तै, जोर्डनबाट ७७ लाखको, चीनबाट ३ लाखको र अमेरिकाबाट २ लाखको फ्लेवर आयात भएको विभागले जानकारी दिएको छ ।