Sat Oct 1 2022
Uncategorized

अब सहचालकलाई पनि ‘परिचालक अनुमतिपत्र’

काठमाडौं । सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक( परिचालक)लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्रको व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो ।

अहिले चालकलाई मात्रै अनुमतिपत्र मात्रै दिने व्यवस्था छ । यसले गर्दा परिचालकहरुले सवारीमा काम गर्ने भएपनि सवारी चलाउनै नपाउने अवस्था छ ।

कतिपय अवस्थामा परिचालहरुले चलाएको सवारी दुर्घटना हुने गरेका छन् । अब परिचालक बन्न समेत न्यूनतम योग्यता पूरा गर्नुपर्ने गरी अनुमतिपत्रको व्यवस्था गर्न छलफल भएको हो । सवारी परिचालक अनुमतिपत्रका लागि प्रदेश सरकारहरुले पनि छुट्टै कानुनी प्रवन्ध गर्नुपर्ने छ ।