Sat Oct 1 2022
Breaking News

नेपाल प्रहरीका १ सय ३१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले १ सय ३१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको मंगलबारको निर्णयअनुसार १ सय ३१ जना डिएसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जनाएको छ ।

सरुवा भएका डिएसपीहरूको नियमानुसार तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट खान पाउने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।