Thu Oct 6 2022
Breaking News

सिट बाँडफाँटबारे छलफल गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं– आउँदो मंसिर ४ गतेलाई तय प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धको सिट संख्या बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्दैछ। बैठक आज बिहीबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ।

सिट बाँडफाँटको खाकाबारे आ–आफ्नो पार्टीमा छलफल गरेपछि समितिको बैठक बस्न लागेको हो। यसअघि सोमबार कुन मोडालिटीमा सिट बाँडफाँट गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको थियो। यसअघि बसेको बैठकमा देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन एकसाथ गर्नेगरी समझदारी बनेको बताइएको छ।

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको संयोजगत्वमा ११ सदस्यीय कार्यदल गठन बनेको छ। कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्।

नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन्। नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल छन्।

जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।