Fri Oct 7 2022
खेलकुद

असोज २३ गतेदेखि एनएसएल आयोजना गर्न दिने एन्फाको निर्णय

नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न एन्फाले मिति तय गरेको छ । बुधबार बसेको एन्फा कार्यसमिति बैठकले असोज २३ देखि मङ्सिर २ गतेसम्म एनएसएल आयोजनाका लागि मिति तय गरेको हो ।

एनएसएल गर्ने नगर्ने विषयमा अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा समिति तयार पारेको थियो । तर, छलफलका क्रममा नै एनएसएलका लागि मिति तय भएको हो । ‘समिति गठन भएको हो । तर, छलफलका क्रममा निर्णय भएपछि असोज २३ का लागि मिति दिएको हो,’ बैठकमा सहभागी एक सदस्यले भने ।