Sat Oct 1 2022
अन्तर्राष्ट्रिय

बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले बराबरी खेल्दै सिजनको सुरुआत गरेको छ ।

शनिबार राति भएको आफ्नो पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेको हो ।

खेल अवधिभर पकड जमाएपनि बार्सिलोनाले गोल गर्न सकेन । भालेकानोले पनि केहि अवसरलाई सदुपयोग गर्न सकेन ।

यस बराबरीसँगै बार्सिलोनाले पहिलो खेलमा १ अंक जोडेको छ । भालेकानोले पनि १ अंकबाट सिजनको सुरुआत गरेको छ ।