Thu Oct 6 2022
देश

दाङमा पौडी खेल्ने क्रममा डुबेर युवककाे मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका-२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो ।

सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।