Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

एसिया कपका लागि बंगलादेशको टिम घोषणा

काठमाडौं । बंगलादेशले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । बंगलादेशले साकिव अल हसनको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । बंगलादेश समूह ‘बी’ मा रहेको छ । यस समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।

प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् ।

टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ । यस अघि एसिया कप श्रीलंकामा तय भएको थियो ।

तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।

No description available.