Sun Sep 25 2022
देश

प्रतिनिधिसभाबाट बीमा विधेयक पारित

प्रतिनिधिसभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । प्रतिनिधिसभा बैठक अहिले जारी छ ।

हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ । सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ ।