Tue Sep 27 2022
खेलकुद

रियलको सुखद सुरुवात

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सुखद सुरुवात गरेको छ। आइतबार राति भनेको खेलमा अल्मेरियालाई २(१ ले हराउँदै रियलले सुखद सुरुवात गरेको हो ।

रियलको जितमा लुकास भास्क्वेज र डेभिड अलबाले एक एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले एक गोल गरे । रियलले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा रामाजानीले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए ।तर, खेलको ६१ औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई १(१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७५ औं मिनेटमा अलबाले गोल गर्दै रियललाई २(१ को जित दिलाए ।

जितसँगै रियलले पहिलो खेलमा ३ अंक ओडेको छ ।अल्मेरियाले हारबाट सिजनको सुरुआत गरेको छ ।