Thu Oct 6 2022
मुख्य खबर

संयुक्त दल दर्ता गर्दै प्रचण्ड–बाबुराम

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताका लागि दिएको समयावधि आज (मंगलबार) सकिँदैछ ।

आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय छुट्याएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् ।

आज नै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ । आज नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र डा। बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम छ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।