Tue Sep 27 2022
मुख्य खबर

नेपालमा थप ८४८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ७ सय २२ पिसिआर परीक्षणका क्रममा ३ सय ९९ जना र २ हजार ८ सय ९७ एन्टीजेन परीक्षणका क्रममा ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ५ सय २६ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ हजार २ सय ५९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।