Sat Oct 1 2022
Breaking News

निर्वाचन आयोगमा ८४ दल दर्ता, जाँचबुझ सुरु

काठमाडौं– संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंसिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन् ।

आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ । यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैबाट जाँचबुझ सुरु गरेको छ ।

राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन् कि छैनन ? भन्ने बारेमा आजबाट नै जाँच बुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।