Mon Sep 26 2022
मुख्य खबर

मौसम पूर्वानुमानः हल्कादेखि मध्यम बर्षाको सम्भावना

काठमाडौँ । बुधबार प्रदेश–१ का पहाडी भू–भागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश–१ र बागमती प्रदेशका केहि र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेको पहाडी भू–भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।