Sat Oct 1 2022
मुख्य खबर

बञ्चरेडाँडामा झडप, एक जना नियन्त्रणमा

काठमाडौं – बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीयको विरोधका बीच प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी लैजान खोज्दा झडप भएको हो ।

सो क्रममा नुवाकोट प्रहरीले स्थानीय एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ता रुपक खड्काका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा दिपेश कार्की रहेका खड्काले जानकारी दिए ।

जबरजस्ती फोहोर बन्चरेडाँडामा फाल्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन् । फोहोर फाल्न गएका गाडीहरुलाई स्थानीयले अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोध हटाउन बञ्चरेडाँडामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

file photo