Mon Sep 26 2022
Breaking News

रौतहटमा अटो र बस ठोकिँदा ३ जनाको मृत्यु

अखिलेश कुमार यादव

रौतहट — रौतहटमा बिहीबार बिहान बस र अटो रिक्सा एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ।

रौतहटको पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिकाको वडा न २ मा रहेको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना भएको प्रहरीले बताएको छ।

काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठोकिँएको थियो भने अटोमा सवार ४ जना मानिसहरु घाइते भएको र अस्पतालमा लगेपछि ३ जनालाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर हुन् । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्मा चोट लागेको छ । बस चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।