Thu Oct 6 2022
अन्तर्राष्ट्रिय

दक्षिणी थाइल्यान्डमा विस्फोट र आगलागी

एजेन्सी – बुधबार दक्षिणी थाइल्यान्डमा कम्तिमा १७ स्थानमा विस्फोट र आगलागी भएको अधिकारीहरूले बताएका छन । विस्फोटमा ७ जना घाइते भएका छन् । स्टो र एक ग्यास स्टेशनलाई लक्षित गरी बम विष्फोट भएका थिए । मध्यरातमा भएका विस्फोटमा कम्तीमा सात जना घाइते भएका सुरक्षाकर्मीले जनाएका छन् ।

आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन् । मलेसियासँगको सिमानामा रहेको दक्षिणी थाइल्याण्डका प्रान्तहरूले दशकौंदेखि तल्लो तहको विद्रोह देखेका छन् । हिंसाको अनुगमन गर्ने डीप साउथ वाच समूहका अनुसार सन् २००४ देखि द्वन्द्वमा ७ हजार ३०० भन्दा बढी मानिस मारिएका छन् ।

सन् २०१३ मा सुरु भएको शान्ति वार्तामा बारम्बार अवरोध देखिएका छन् । यस वर्षको सुरुमा थाई सरकारले महामारीको कारण दुई वर्षको अन्तरालपछि मुख्य विद्रोही समूह, बारिसन रिभोलुसी नेसनलसँग पुनः वार्ता सुरु गरिरहेकै बेला बुधबारको आक्रमण भएको हो ।