Sat Oct 1 2022
मुख्य खबर

उपत्यकामा एकै दिन ३ हजार ३१७ जना सवारी चालकमाथि कारबाही

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ३१७ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई बुधबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७८, लेन अनुशासन पालना नगर्ने ७९, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित स्थानमा हर्न बजाउने १३२ र नदेखिने गरी नम्बर प्लेट राख्ने २८ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ८१८ जना सवारी चालकलाई अन्य कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।