Sat Sep 24 2022
मुख्य खबर

सिट बाँडफाँटका विषयमा सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं– आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ ।

सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदलले खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरूबीच छलफल सुरु भएको हो । गत साउन २० गते काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।