Sun Sep 25 2022
अन्तर्राष्ट्रिय

ब्राजिल र कोरियाका राजदूतले लिए सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई जना राजदूतहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा ब्राजिलका लागि निर्मलराज काफ्ले र कोरियाका लागि ज्योति प्याकुरेल (भण्डारी)ले सपथ ग्रहण गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।