Fri Oct 7 2022
मुख्य खबर

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको इआइए स्वीकृत

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेका छन् ।

मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरू पालना गर्नेगरी इआइए स्वीकृत गरेका हुन् ।

इआइए स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो । मन्त्री यादवले इआइए स्वीकृत गर्नुभएपछि अब उक्त सडक निर्माणमा सहज हुने बताइएको छ ।

उनले विभिन्न कारणले रोकिएका करिब एक दर्जनभन्दा बढी आयोजनाका इआइए स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।