Fri Oct 7 2022
अन्तर्राष्ट्रिय

राष्ट्रिय क्रिकेट टिम आज केन्या जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार केन्या प्रस्थान गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आज दिउँसो केन्या प्रस्थान गर्ने जनाएको छ ।

नेपाली टोली अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने छन् । त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाइको कार्यक्रम राखेको छ ।

नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।

दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।

राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।

सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

नेपाल र केन्याको खेल तालिका:

टी-ट्वान्टी –

– नेपाल र केन्याबीचको पहिलो टी-ट्वान्टी भदौ ९ गते बिहान ११:४५ बजे सुरु ।

– दोस्रो टी-ट्वान्टी भदौ १० गते बिहान ११:४५ बजे सुरु ।

– तेस्रो टी-ट्वान्टी भदौ १२ गते बिहान ११:४५ बजे सुरु ।

– चौथो टी-ट्वान्टी भदौ १३ गते बिहान ११:४५ बजे सुरु ।

– पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते बिहान ११:४५ बजे सुरु ।

एकदिवसीय –

– पहिलो खेल भदौ १७ गते बिहान ११:४५ सुरु हुनेछ ।

-दोस्रो खेल भदौ १८ गते बिहान ११:४५ सुरु ।

-तेस्रो खेल भदौ २० गते बिहान ११:४५ सुरु ।

नेपाली टोली :

सन्दीप लामिछाने(कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख, आरिफ शेख(विकेट किपर),दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद(विकेट किपर), पवन सर्राफ, शाहब आलम,किशोर महतो,विवेक यादव